कीर्तिपुर अस्पतालमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा ३० कार्यदिनको Advanced Burn Care (ABC) तालिम औपचारिक रूपमा सुरु

"कीर्तिपुर अस्पतालमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा ३० कार्यदिनको Advanced Burn Care (ABC) तालिम औपचारिक रूपमा सुरु"

आज मिति २०८३ साल असोज ७ गते कीर्तिपुर अस्पताल कीर्तिपुरमा श्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्णयानुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा जलन उपचार सेवाको लागि Advanced Burn Care(ABC) सम्बन्धी ३० कार्यदिनको तालिम औपचारिक रूपमा उद्घाटन भएको छ। कार्यक्रममा तालिम केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाहज्यूको अध्यक्षता, स्वास्थ्य सेवा विभाग-उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीज्यूको आतिथ्यता तथा अन्य जलन सम्बन्धि विज्ञज्युहरुको उपस्थिति रहेको थियो | प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेत र नारायणी अस्पताल, वीरगञ्ज, पर्साबाट सहभागी भएका ८ जना  चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जलन सघन उपचारमा ज्ञान, सीप र दक्षतामा अभिवृद्धि गर्ने उदेश्यका साथ किर्तिपुर अस्पतालका प्रा. डा. शंकरमान राईज्यूको नेतृत्वमा अन्य विषय विज्ञहरू प्रशिक्षक रहने गरि  यो सिपमुलक पहिलो Piloting Batch तालिमको सुरूवात भएकोछ । यस तालिम पश्चात दक्ष जनशक्तिबाट काठमाडौँ बाहिर प्रदेशमा रहेका तोकिएका संघीय तथा प्रादेशिक अस्पतालहरूबाटै थप गुणस्तरीय, सुरक्षित र प्रभावकारी जलन उपचार सेवा प्रदान हुने,  थप विशेषज्ञ सेवाको विस्तार हुने, स्थानीय तथा जिल्लाबाट प्रेषण गरिएका विरामीहरूको उपयुक्त व्यवस्थापन हुने र जलनका विरामीहरूलाई थप सहजता हुने अपेक्षा गरिएको छ।